इप्सन चित्रकला प्रतियोगितामा मदरल्याण्ड स्कुल प्रथम

84

भक्तपुर । इप्सन भक्तपुरको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापति प्रथम भएकी छिन् ।

द्धितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलको यूनिक कर्माचार्य, तृतीय स्थानमा सेन्ट जोन स्कुलको निश्चल तामागं र सान्त्वना पुरस्कारमा ग्लोबल एकेडेमीको आशिस् त्वाँतीले पाएका छन् । इप्सन अन्तर्गतका सदस्य विद्यालयहरुको बीच आधारभूत तहका विद्यार्थीहरुबीच भक्तपुर दरवार क्षेत्र परिसरमा बसेर प्रत्यक्ष देखिएका दृश्यलाई चित्रमा उतार्न लगाइएको इप्सन भक्तपुरका सचिव विजय कर्माचार्यले बताए ।

उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई शिल्ड तथा मेडल प्रदान गरिएको कार्यक्रममा ईप्सन भक्तपुरका अध्यक्ष जिबि खड्काले विद्यार्थीहरुको क्षमता तथा प्रतिभा उजागर गर्ने हेतु यस्ता प्रतियोगिता आयोजना गरिएको बताए ।
कार्यक्रममा शिक्षाप्रेमी तथा नेपाल स्काउटका राष्ट्रिय व्यक्तित्व रामगोपाल कर्माचार्य र प्राचार्य राम हाडाले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।