Monday, September 21, 2026
Home समाचार ब्राउन सुगरसहित एक महिला पक्राउ

ब्राउन सुगरसहित एक महिला पक्राउ

73

काठमाडौं । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ। कालिकोटको तिलागुफा नगपालिका–१ बाट २८ बर्षिया सम्झना नेपालीलाई पक्राउ गरेको कालिकोटका प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए।

सोमबार दिउँसो शंकास्पद अवस्थामा शरीर खोज तलास गर्दा लुकाएर लागुऔषध ब्राउन सुगर ल्याउँदै गर्दा उनलाई नाग्ममा पक्राउ गरिएको  प्रहरीले जनाएको छ।

पक्राउ परेकी नेपालीबाट १२ पुडिया र उनको घरको दराजबाट  १९ पुडिया गरि जम्मा ३०.४३ ग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए। उनलाई जिल्ला प्रहरी कार्यालय कालिकोटमा राखेर अनुसन्धान सुरु गरिएको छ।