भक्तपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो नेताको हत्या भएको भन्दै विरोध कार्यक्रम सार्वजनिक गरेको छ । विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै अनेरास्ववियु भक्तपुर जिल्ला कमिटिले ज्ञापनपत्र बु्झाएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्भा मार्फत प्रधानमन्त्रीलाई हत्यारालाई कारवाही गर्न ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको अनेरास्ववियु भक्तपुरका उपाध्यक्ष प्रवेश तिमिल्सिनाले जानकारी दिएका छन् । हत्यारलाई कारवाही नभएसम्म आन्दोलनका विभिन्न कार्यक्रम समेत अनेरास्ववियुले सार्वजनिक गरेको छ ।