नेइमारसहित खेलाडीले क्यामरुनसँगको खेल गुमाउने

62

काठमाडौं । ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले कतारमा जारी विश्वकपमा समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् ।
ब्राजिलले शुक्रबार राति समूह चरणको आफ्नो अन्तिम खेल क्यामरुनसँग खेल्ने छ ।
यो विश्वकपको आफ्नो पहिलो खेल सर्वियासँग खेल्ने क्रममा नेइमारलाई चोट लागेको थियो । फरवार्ड नेइमारले दाहिने एङ्कलमा लागेको चोटका स्वीट्जरल्याण्डसँगको खेल पनि गुमाएका थिए । ब्राजिलियन टिमका डाक्टर रोड्रिगो ल्यासमरले शुक्रबारसम्म नेइमारको चोट निको नहुने र उनले क्यामरुनसँगको खेल पनि खेल्न नसक्ने बताए ।