यस्तो छ तीन दिनको मौसम

23

काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।

मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल मौसमको अवस्था (Present Weather Status)
देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

२०७९ मंसिर १२ गते (सोमवार)
दिउँसो: प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर १3 गते (मंगलबार)
दिउँसो: देशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर १४ गते (बुधवार)
दिउँसो: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक साबधानी अपनाउनु हुन अनुरोध छ।