मोरङ । मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवार सुनिल शर्माले आफ्नो अग्रता बढाएका छन् ।
उर्लाबारी नगरपालिकामा २५ हजार ७ सय ६४ मत गणना हुँदा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ४ हजार ५ सय २७ मतको अग्रता बनाएका हुन् ।
हालसम्म शर्माले १२ हजार ३ सय ३१ मत हासिल गरेकाछन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले ७ हजार ८ सय ४ मत पाएकाछन् ।
त्यसैगरी, यसपटक सो क्षेत्रमा राप्रपाबाट उम्मेदवारी दिएकी नायिका रेखा थापाले २ हजार ६ सय ९० मत पाएकीछिन् ।
मोरङ क्षेत्र नम्बर ३ मा १ लाख ४९ हजार ८ सय ३३ मतदाता रहेका थिए। जसमध्ये निर्वाचनमा ९७ हजार ५ सय ९ मत खसेको छ ।