रौतहट । रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उमेदवार किरणकुमार साहले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार साहले १०७१ मतान्तरले नेपाली कांग्रेसका डा. फिरदोस आलमलाई पछि पारेका हुन् । साहले ४८०१ मत ल्याउँदा आलमले ३७३० मत ल्याएका छन् ।
कांग्रेसबाट उम्मेदवारी दिएका फिरदोस हत्या आरोपमा जेलमा रहेका मोहमद आलमका छोरा हुन् ।