काठमाडाैँ । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा एमालेअघि देखिएको छ।
साेमबार बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार ९८० र नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले एक हजार ४७७ मत प्राप्त गरेका छन्।
यसैगरी, हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार ४९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार ४९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार ४२७ मत र अन्यले २१८ मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिए।
सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ।