काठमाडौँ-७ अपडेट: घण्टीकाे अग्रता कायमै

38

काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ७ मा मतगणना जारी रहेकाे छ।

प्रतिनिधिसभातर्फको मतगणना भइरहेको साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता कायमै रहेको छ।

बिहान १० बजेसम्मको मतगणनाको प्राप्त जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३ सय ७५ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनले सुरुवातदेखि नै लिड गरिरहेका हुन्।

दाेस्राे स्थानमा नेकपा एमालेका श्‍यामकुमार घिमिरेले ३ सय ४ मत लिएर उनलाई पछ्याइरहेका छन् भने तेस्राे स्थानमा नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई(अस्मिता सिंह) रहेकी छन्। उनकाे मत २९० रहेकाे छ।