ट्रम्पले अमेरिकालाई असफल बनाए : बाइडेन

23

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबारे नकरात्मक टिप्पणी गरेका छन् । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणापछि बाइडेनले उनको  आलोचना गरेका हुन् ।

पदमा रहँदा ट्रम्पले देशलाई असफल बनाएको राष्ट्रपति बाइडेनले आरोप लगाए । ‘डोनाल्ड ट्रम्पले अमेरिकालाई असफल बनाए’, बाइडेनले एक ट्वीटमा भने । जी २० शिखर सम्मेलनमा सहभागी हुने क्रममा बाइडेन हाल इन्डोनेसियाको बालीमा छन् ।

पूर्वराष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन् । राष्ट्रपतिको लागि उम्मेदवार हुन  ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ । अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने घोषणा गरेकी छिन् ।