राधिकाकाे साथमा ओली पैदलयात्रामा

12

काठमाडाैँ । नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदलयात्रा कार्यक्रम गरेका छन्। मंगलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरूले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बनेका छन्। चुनावी प्रचारप्रसारकै निरन्तरताका रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदलयात्रा गरेका हुन्।

उनीहरूले ललितपुर निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको सहभागितामा पैदल यात्रा गरेका हुन्। पैदलयात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी भएकी थिइन्। पैदलयात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरुको सहभागिता रहनेछ। पैदलयात्रा कार्यक्रममा एमाले उम्मेदवारहरूले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई बहुमतले जिताउने विश्वास व्यक्त गरे।

पैदलयात्राका क्रममा अध्यक्ष ओली र उनकी धर्मपत्नी शाक्यसहित दलका प्रदेशसभा सदस्यका उम्मेदवारहरूलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए। निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने चुनावी प्रचारप्रसार तीव्र पारेका छन्। यतिबेला राजनीतिक दल र उम्मेदवारहरू चुनावी घरदैलोमा व्यस्त छन्।