अब्दुसको टोलीमाथि आक्रमण, दुई जना पक्राउ

25

पोखरा । गोरखा-२ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ ।

आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टोलीलाई आक्रमण गरेको हो । होटलमा खाना खाने क्रममा आक्रमण हुँदा टेबुल, कुर्सि तोडफोड भएको छ ।

घटनाको समयमा अब्दुस भने चुनावी प्रचारमा थिए । आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको जानकारी दिए  ।