भक्तपुरमा राप्रपाका चुनावी कमाण्डर गरे एमाले प्रवेश

316

भक्तपुर । दलहरु घरदैलोमा व्यस्त छन् । मंसिर १ गते राती १२ बजेसम्म दलहरुले घरदैलो गर्न पाउनेछन् । सोमबार नेकपा एमालेको चाँगुनारायण नगरपालिका गरेको घरदैलो कार्यक्रममा गत बैशाखमा भएको स्थानीय निर्वाचनमा राप्रपा वडा नं. ७ को चुनावी कमाण्डर जयराम लामिछाने एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमालेका भक्तपुर इन्र्चाज सोमप्रसाद मिश्रले टिका लगाएर र जिल्ला अध्यक्ष बचन देउजाले पार्टीको झण्डा दिएर स्वागत गरेका छन् । उक्त कार्यक्रममा संघीय प्रतिनिधी सभाका उम्मेदवार नवराज गेलाल र प्रदेशसभाका उम्मदवार मोहनवीर श्रेष्ठलगायतको उपस्तिथी रहको थियो ।