सौन्दर्यले भरिएको मुस्ताङ्ग, तस्विरमा हेरौं

58

काठमाडौं । गण्डकी प्रदेशको जिल्ला मुस्ताङ्गमा दर्जनौ यस्ता ठाउँ छन् जहाँ पुग्नेले नौलो अनुभूति गर्दछन् । सडक र हवाई यात्रा गरेर यो जिल्लामा पुग्न सकिन्छ । यो जिल्लाको मध्य भाग भएर कालीगण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ । यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित रहेका छन् ।
हिमालपारिको जिल्ला मुस्ताङ्ग प्राकृतिक रुपले सिंगारिएको छ । यसको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा चीनको तिब्बत पर्दछ ।

जोमसोम, मार्फागाउँ, घासा, लेते, लोमान्थाङ्ग, कागवेनी, छुसाङलगायतका ग्रामीण बजारले यो जिल्लामा रौनकता ल्याएका छन् । हिन्दु र बौद्धहरुको आस्थाको केन्द्र मुक्तिनाथ र कागवेनीमा भक्तजनहरुको भिड लाग्ने गरेको छ ।