काठमाडाैँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको फाइनल वर्षाले प्रभावित हुने खतरा बढेको छ। आइतवारका लागि तय भएको फाइनलमा पाकिस्तान र इङ्ग्ल्यान्ड उपाधिका लागि भिड्दै छन्।
मेलबर्नमा हुने तय भएको फाइनल वर्षाका कारण ुवास आउटु हुने खतरा बढेको हो। मेलबर्नमा आइतवार खराब मौसमको पूर्वानुमान गरिएको छ। यदि आईतबार वर्षाले खेल प्रभावित भए सोमबार सार्न सकिने छ। तर सोमबारको पनि मौसम सफा नदेखिंदा फाइनल वर्षाको मारमा पर्ने जोखिम बढेको हो।
सोमबार पनि फाइनल खेल हुन नसके टी(२० विश्वकपको उपाधि संयुक्त रुपमा दुबै टिमलाई दिइने छ। यस्तो भए क्रिकेट इतिहासमा पहिलो पटक संयुक्त विजेता हुने छन्।
आइतवार मेलबर्नमा पानी पर्ने सम्भावना ९५ प्रतिशत रहेको अनुमान छ। मौसम विज्ञान विभागका अनुसार १५ देखि २५ मिलिमिटर वर्षासँगै मेघगर्जनको सम्भावना रहेको छ।
खेल स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने छ। नेपाली समय अनुसार दिउँसो १ः४५ मा खेल हुनेछ। पहिलो दिन खेल वासआउट भएको खण्डमा रिजर्व डे का दिन खेल सारिने छ। सोमबार खेल सारिए दिउँसो स्थानिय समय अनुसार दिनको ३ बजे सुरु हुने छ।
पूर्वानुमानअनुसार सोमवार कम वर्षा हुने भएकाले खेल हुन सक्ने सम्भावना कायम छ। यद्यपि मेघगर्जनको सम्भावना रहेको छ। खेल सञ्चालन गर्न समूह चरणमा दुवै टिमको लागि कम्तीमा पाँच ओभर मात्र आवश्यक हुन्थ्यो। तर, फाइनलका लागि भने दुवै टोलीले कम्तीमा १० ओभर खेल्नु पर्ने छ।
यसअघि मेलवर्नमा समूहचरणमा तय भएका तीन खेलमा एक बल पनि नभइ रद्द गर्नु परेको थियो। जसमध्ये अस्ट्रेलिया र इङ्ग्यान्डबिचको खेल पनि रहेको थियो। त्यस्तै, अर्को एक खेल वर्षाका कारण छोट्याइएको थियो।