सुनको मूल्य स्थिर

42

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ । आइतवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुनेगरी मूल्य तोकिएको छ भने चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको कारोबार मूल्यका आधारमा महासंघले स्थानीय बजारमा मूल्य निर्धारण गर्दै आएको छ । अन्तराष्ट्रिय मूल्य, डलर र नेपाली रुपैयाँको बिनिमयदर, नेपालको भन्सारदर एवं व्यवसायीको नाफा समेत जोडेर यस्तो मूल्य निर्धारण गर्ने गरिएको छ ।