Monday, October 19, 2026
Home अर्थ सेयर बजार आज खुल्दै

सेयर बजार आज खुल्दै

41

काठमाडौँ । एक सातादेखि बन्द रहेको सेयर कारोबार आज खुल्ने भएको छ।

तिहार तथा छठको उपलक्षमा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो।

६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो। यसै विन्दुलाई आधार मानेर आज कारोबार सुरु हुनेछ।

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ। यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर चासो रहेको छ।

तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मकै थियो।