चाँगुनारायण नगरपालिकाको कोरोना नियन्त्रण कोष: सहयोगी हातहरुले साध दिदैं

157

चैत २८,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नगर कार्यपालिकाको बैठकले २ करोड ५० लाख रुपियाँको कोष स्थापना गरेको छ । नगरपालिकाले हाल ३० लाख रुपैयाँ जम्मा गरेको उक्त कोषमा शुक्रवारसम्म विभिन्न क्षेत्रबाट ४७ लाख रकम जम्मा भएको मेयर सोमप्रसाद मिश्रले बताएका छन् । कोरोनाको सम्भावित संक्रमण नियन्त्रणका लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम तथा जिन्सी सहयोग गर्ने संघ–संस्था तथा व्यक्तीहरु बढ्दै गएका छन् । चाँगुनारायण नगरले उद्योगी, व्यवसायी, संघसंस्था, लगायत इच्छुक व्यक्तिहरुलाई आह्वान गरेपछि कोषमा रकम जम्मा गर्नेहरु बढेका हुन् ।

अहिलेसम्मको सहयोग
नगरपालिकाको उक्त कोषमा भक्तपुर इट्टा उद्योग संघले ४ लाख र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले पनि १ लाख जम्मा गरेको छ । त्यस्तै भक्तपुरका प्रदेश सभा सदस्य कृृष्णलाल भडेलले पनि नगरपालिकालाई १९ थान पी.पी.ई सेट हस्तान्तरण गरेका छन् ।

त्यस्तै मारवाडी सेवा समिति काठमाडौं र डिभाइन युथ क्लब थिमिले पनि नगरपालिकालाई विभिन्न खाद्य सामाग्री सहयोग गरेको छ । कोषमा जम्मा भएको रकम तथा जीन्सी सामान कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारलगायतका क्षेत्रमा खर्च गर्ने चाँगुनारायण नगरपालिकाले जनाएको छ । नगरपालिकाका शिक्षक कर्मचारीले पनि कोषमा रकम सहयोग गरेका छन् ।