Sunday, September 27, 2026
Home राजनीति काठमाडौँ १ (ख) बाट २६ वर्षीय युवा पाण्डेले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौँ १ (ख) बाट २६ वर्षीय युवा पाण्डेले दिए स्वतन्त्र उम्मेदवारी

67

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा निर्वाचनका लागि २६ वर्षीय युवा सुरजराज पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

युवा व्यवसायी समेत रहेका उनले आइतबार संसद भवन बानेश्वरमा गएर उम्मेदवारी दर्ता गरेका हुन्।

सूचना प्रविधिमा स्नातक गरेका पाण्डेले आफ्नो उम्मेदवारी प्रदेश तहबाट युवाव्यवसायीका लागि लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था गर्ने उद्देश्यसहित रहेको बताए ।

‘आफू पनि युवा भएको र देशबाट युवाहरु बाहिरिने क्रम उच्च बनेको अवस्थामा त्यसलाई पनि नीतिगत रुपमा कुनै किसिमले सम्बोधन गर्न सकिन्छ कि भन्ने लागेर उम्मेदवारी दिएको हुँ’, उनले भने । काठमाडौँको धुम्बाराहीका बासिन्दा पाण्डेले वातावरणीय संरक्षण तथा जलवायु परिवर्तनको मुद्धा पनि आफ्नो प्राथमिकतामा रहेको बताए ।