भक्तपुरमा संघ र प्रदेशको निर्वाचनकोलागि एमालेले छान्यो उम्मेदवार, कुन क्षेत्रमा कति मतदाता ?

139

भक्तपुर । नेकपा एमालेले संघ र प्रदेश सभाको निर्वाचनकोलागि भक्तपुर जिल्लाका उम्मेदवारहरु चयन गरेको छ । निर्वाचन क्षेत्र न. १ कालागि नवराज गेलाल र २ न.का लागि महेश बस्नेत रहेका छन् ।

१. न. निर्वाचन क्षेत्रको (क) चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका वडा न. १० पर्दछ । यस क्षेत्रकालागि एमाले जिल्ला कमिटिका सचिब मोहनवीर श्रेष्ठलाई चयन गरेको छ । सो क्षेत्रको (ख)को भक्तपुर नगरपालिकाको ९ वडाकालागि नारायण सुन्दर शिन्तकलालाई उम्मेदवार बनाउने एमालेको निर्णय गरेको छ ।

२ न.निर्वाचन क्षेत्र (क) को सूर्यविनायक नगरपालिका प्रदेश क्षेत्रकालागि किरण थापामगर र ख)कालागि चन्दनकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय केन्द्रले गरेको एमाले जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् ।