भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने

69

काठमाडौं । भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ । यो रुटमा कोरोना भाइरस (कोभिड-१९) महामारीपछि उडान रोकिएको थियो ।

कम्पनीले यो रुटमा साताको दुई उडान गर्ने गरी उडान घोषणा गरेको छ । कम्पनीका अनुसार १ अक्टोबरदेखि ३० नोभेम्बरसम्मका लागि साताको दुई उडान गर्ने गरी तय भएको छ । जस अनुसार हरेक आइतबार र बुधबार काठमाडौं उडान हुने भएको छ ।

पारोबाट काठमाडौं आउने जहाज काठमाडौंबाट दिल्ली जाने छ । दिल्लीबाट काठमाडौं आउने सो जहाज काठमाडौंबाट पारो उड्ने गरी रुट तय भएको कम्पनीले जनाएको छ ।

नेपालमा पर्यटकीय सिजन नजिकिएसँगै भुटान एयरलाइन्सले काठमाडौं उडान विस्तार गरेको हो ।