काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय ३७ जना र २ हजार ८ सय ८३ एन्टीजेन परीक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ७३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।