भक्तपुर । युवाव्यक्तित्व निरञ्जन बजगाइले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा तर्फ भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ क मा नेकपा एमालेको तर्फबाट उम्मेदवार हुने मनशाय राखेका छन् । निर्माण व्यवसायी पृष्ठभूमी रहेका बजगाइ हाल एमाले भक्तपुर जिल्ला कमिटीको प्रचार विभाग प्रमुख पनि हुन् । वि.स २०५२ सालदेखि पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु हुदैं पछि युवासंघको विभिन्न पदमा रहेर काम गरेका उनी जिल्लामा परिचित मुहार पनि हो ।
निर्माण व्यवसायी संघ भक्तपुरका निर्वतमान अध्यक्ष रहेका निरञ्जन बजगाइ आफु कुनैपनि पदमा नरहदाँपनि जिल्लामामा सामाजिक कार्यमा सक्रिय रहेको बताउछन् । नयाँ नेपाल न्युजसंग कुराकानी गर्दै उनले भने ‘म कुनै पदमा नभएपनि सामाजिक कार्यमा लागेको छु, त्यसैले मेरो एउटा जित्ने आधार बनेको त्यो पनि हो ।’
चाँगुमा एमाले बलियो शक्ति भएको र आफु पनि चिनिएको अनुहार भएकाले निर्वाचन जित हासिल गर्न सहज हुने बजगाइको दाबी छ । चाँगुनारायण नगर क्षेत्रमा मात्र नभए आफु शिक्षाक्षेत्र, धार्मीक क्षेत्रलगायत अन्यको विकाशकालागि भौतिक र आर्थिक सहयोग गर्दै आइरहेको बताए । एमालेको १० राष्ट्रिय महाधिवेशन प्रतिनिधी रहेका बजगाइ पार्टीले विश्वास गरेर टिकक दिएमा चाँगुनारायण क्षेत्र प्रदेशमा जित सुनिश्चत रहेको दाबि गर्दछन् । उमेर ४२ वर्ष भएका उनी निर्वाचित भएमा युवा जोश र जागरका साथ आफ्नो र सम्रग बागमती प्रदेशको विकाश सम्वृद्धिका लागि सक्रिय हुने बताउछन् । पार्टीभित्र बाट अरु साथीहरुले पनि प्रदेश सभाको उम्मेदवार हुने मनशाय राखेपनि यो पटक आफुलाई साथ दिनेमा आफु ढुक्क रहेको उनको भनाई छ ।
‘दशकौं लामो राजनिति सर्मपण र आफ्नो अनुभवलाई समाज र देशको हितकालागि लगाउने छु, बजगाइले भने ।’