नेपाली कांग्रेसले बाँके घटना बारे गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

158

भदौ २७,
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापालाई शनिबार बिहान ज्ञापनपत्र बुझाउने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै घटनाको विरोध गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललिपुरका पार्टी सभापतिहरुको उपस्थितिमा बिहान ७ बजे सिंहरदरबारस्थित गृह मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बिहीबार दोस्रो जगरण अभियानको क्रममा बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजित कार्यक्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने अन्य केही कार्यकर्ता घाइते भएका थिए ।