जनप्रतिनिधिले कानुनी विषयमा बुझन् जरुरी छः नगरप्रमुख मिश्र

166

असार १,
भक्तपुर । चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले स्थानीय तहका जनप्रतिनिधिले काम गर्दा आउने कानुनी झमेला बारे पहिला नै बुझ्न आवश्यक रहेको बताएका छन् । भक्तपुरमा राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मिश्रले भने ‘जनप्रनिधिले जनताको काम गर्दा कहिलेकाहीँ विभिन्न समस्या आउने भएकाले कानुन जान्न जरुरी छ ।’ उनले विकाश निर्माणको कार्य गर्दा समेत भविष्यमा आउने जटिलता बारे जनप्रतिनिधिले ज्ञान लिन आवश्यक रहेको बताए । नगरप्रमुख मिश्रले भुकम्पपछिको पुर्ननिर्माणमा धेरै सर्वसाधरणले कानुनी जटिलता भोग्नु कारणले समयमै घर बनाउन नसकेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल कुमार उपे्रतीले जनताको न्यायमा पहुँच स्थापीत गर्ने उद्देश्यले यस्ता प्रशिक्षण गर्दै आएको जानकारी दिएका छन् । मञ्चले कानुनी घुम्ती क्लिनिक, जनप्रतिनिधिलाई स्थानीय सरकार संचालन लगायत धेरै विषयमा काम गर्दै आएको उप्रेतीले बताए । बोजिनी नगरकोट रिर्सोट सुडालमा असार ५ गतेसम्म चल्ने उक्त प्रशिक्षणमा भुकम्प अति प्रभावित १४ जिल्लाका करिब ६० जना प्रशिक्षार्थीहरु रहेका छन् ।