Wednesday, October 7, 2026
Home राजनीति जबरामाथि सोधपुछ सुरु

जबरामाथि सोधपुछ सुरु

84

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार पनि बयान लिँदैछ।

यसका लागि आइतबार बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ। मध्यान्ह १२ बजेपछि बैठकमा पुगेका प्रधानन्यायाधीश जबरामाथि साेधपुछ सुरु गरिएकाे स्राेतले जनाएकाे छ।

४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ भने आज बाँकी प्रश्न साेध्दै छ।