Tuesday, October 20, 2026
Home राजनीति केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएको आरोप लगाए

केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएको आरोप लगाए

66

बैशाख ८,

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएको आरोप लगाएका छन्। केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारका सय दिनको प्रधानमन्त्रीले पुस्तक निकाल्नुभयो। त्यसमा चुच्चे नक्सा छैन। बुच्चे नक्सा खोजेर ल्याउनुभयो उहाँहरुको देशको नक्सा र संविधानले जारी गरेको कुरामा ध्यान जाँदैन। चुच्चे नक्साबारे गुगलले थाहा पायो तर बालुवाटारमा प्रधानमन्त्रीको कुर्सीमा बसेको प्रधानमन्त्री, प्रचण्ड र माकुनेलाई थाहा भएन।’अहिले देशभक्त र विकास प्रेमी एमाले एकातिर बाँकी अर्कातिर भएको टिप्पणी गरे।

ओलीले भने, ‘अहिले गठबन्धनको एमालेविरुद्ध लागेका छन्। माधव नेपाल एमाले सिध्याउने रे कठै। एमालेको सूर्यको पत्तासाफ हुन्छ भनेछन्। सूर्यको पत्ता हुँदैन। जसका पत्ता र पात छ त्यसको झर्छ। सूर्यले त अरुको पत्ता झार्छ मात्रै।’नेकपा एमालेले एक्लै बहुमत ल्याउन दाबी गरे। ‘अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ। हामीले राम्रो नतिजा ल्याएका थियौँ। तराईमा हामीलाई त्यसबेलमा प्रवेश गर्न दिएको थिएन। अहिले मधेश एमालेमय भएको छ’ ओलीको भनाइ छ।