काठमाडौं । रुसको विशाल तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा रुसका चर्चित व्यापारी रहरेका छन् । साे घटना रहस्यमय परिस्थितिमा मृत्यु भएका शृङ्खलाबद्ध घटनामा म्यागानोभको मृत्यु पछिल्लो घटना हो। अनुसन्धान अधिकारीहरूले उनको मृत्युको कारणबारे जान्ने प्रयास भइरहेको बताएका छन्। समाचारसंस्था तासका अनुसार बिहीवार बिहान अस्पतालको छैटौँ तल्लाको झ्यालबाट उनी खसेका थिए। सोभियत नेता मिखाइल गोर्बाचोफको पनि त्यही अस्पतालमा केही दिनअगाडि निधन भएको थियाे ।