एक्शनमा महानगरका मेयर बालेन्द्रः तपाईको घरको नक्शा मसंग हुन्छ ?

103

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह एक्शनमा उत्रीएका छन् । बालेन्द्र, नगर प्रहरी सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे । नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ । मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे ।

मेयर बालेनले प्रश्न गरे, तपाईँको घरको नक्सा मसित हुनुपर्छ ? अल्फाबिटाका प्रतिनिधिले नगरपालिकामा के हुन्छ त ? भनेर प्रतिप्रश्न गरे । आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए । बालेनले पत्रिकामा निकालेरको ३५ दिने सूचना देखाए । अनि जंगिएर बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो रु ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

अल्फाबिटाका अर्का प्रतिनिधिले बालेन सर, तपाईँ आवेगमा आएर नबोल्नुस्, हाम्रो प्रतिनिधि होइन भनेर प्रतिप्रश्न गरे । अघिदेखि बालेनसँग बहर गरिरहेका व्यक्तिले मलाई थर्काउन खोजेको भनेर बोलेनलाई अर्को प्रश्न गरे । महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो ।

महानगरको टोलीले बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ । शंखमूल बर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।