काठमाडौं । देशका विभिन्न स्थानमा पछििल्लो २४ घण्टामा नौवटा विपद्का घटना घटेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बिपदको सो घटनाबाट ३ लाख ६५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।