गुर्जो वितरण अभियानः मध्यपुरथिमिमा

361

असोज १९,
भक्तपुर मध्यपुरथिमि । आदर्श सामाजिक सेवा समाजको सक्रियतामा मध्यपुरथिमिमा कोरोना भाईरसको औषधिको रुपमा प्रयोग हुने गरेको गुर्जो वितरण गरिएको छ । लहानस्थित कर कार्यालयका प्रमुख कमलबहादुर राजलवटले शनिबार बालकुमारी मन्दिर प्राङ्णमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जना देवी मधिकर्मीलाई गुर्जोको विरुवा करिब २५०, गुर्जोको धुलो २५ किलो र गुर्जो करिब ७० केजी हस्तान्तरण गरेका हुन् । उक्त गुर्जो बालकुमारीमा उपस्थित सम्पूर्ण स्थानीय महानुभावहरुलाई निःशुल्क रुपमा वितरण गरिएको छ । गुर्जोको प्रयोगले रोगप्रतिरोधात्मक क्षमता बढाउने, कोरोना भाईरसलगायत रुघाखोकी, सबै प्रकारको ज्वरो, ग्याष्ट्र्कि ठीक पार्ने, हाम्रो शरीरमा भएका विकार पदार्थलाई बाहिर निकाल्ने र शरीरलाई स्वस्थ्य बनाउन मद्दत गर्ने छ राजलवटको भनाई छ ।

गुर्जोको सेवनले मानसिक तथा नशासम्बन्धी समस्या हटाउन मद्दत गर्नुका साथै पाचनप्रणालीलाई बलियो बनाउने, रगतको कमीलाई सन्तुलन गर्ने, सुनिन्ने बाथ रोगको निर्मूल गर्ने, पेटसम्बन्धी समस्या मसाधान गर्ने, श्वास प्रश्वाससम्बन्धी समस्या समेत समाधान गर्ने उनको दावी छ । तर गुर्जोको सेवन बालबालिका तथा सुत्केरी महिलाले सेवन नगर्दा भन्ने राम्रो हुने राजलवटको सुझाव थियो ।
मध्यपुर थिमिमा कोभिड-१९ संक्रमित समस्यामा परेका परिवारलाई राहत स्वरुप चामल २५ किलो, चिउरा ५ किलो, दाल २ किलो, चिनी २ केजी, चाउचाउ १ वाकस, विस्कुट १ बाकस, तेल २लिटर, नुन मसाला, स्यानिटाइजर र गुर्जो १ किलोका दरले वितरण गरिएको अध्यक्ष प्रजापतिले बताए ।
विभिन्न सामाजिक संस्था, सहकारी तथा दाताहरुबाट प्राप्त सहयोग रु ९४ हजार बराबर चन्दा सकलन गरी उक्त राहत सहयोग गरिएको उनको भनाई छ ।