गर्भवती महिलालाई मासिक एक हजार दिने तयारी

81
सांकेतिक तस्विर

काठमाडौं । तेह्रथुम जिल्लाको छथर जोरपाटी गाउँपालिका धनकुटाले गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको छ । गाउँपालिकाले आर्थीक बर्ष २०७९\८० को नीति तथा कार्यक्रममा समावेश गर्दै गर्भवती महिलालाई मासिक एक हजार दिन लागेको जनाएको छ । गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नौ हजार रुपैयाँ प्रदान दिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । आर्थिक रुपमा कमजोर गर्भवतीलाई राहात होस भन्ने उदेश्यले यो कार्यक्रम अघि सारेको अध्यक्ष सुब्बाको भनाइ छ । यो कार्यक्रमले गाउँका दुर्गम क्षेत्र र आर्थिक रुपमा विपन्न परिवारका महिलालाई राहात मिल्नेछ ।