Wednesday, October 28, 2026
Home खेलकुद खेलकुद विकाश समितिद्वारा खेलाडीको सम्मान

खेलकुद विकाश समितिद्वारा खेलाडीको सम्मान

160

भक्तपुर । जिल्ला खेलकुद विकाश समिति भक्तपुरले खेलाडी सम्मान गरेको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच टेतुबटेनिस खेलमा अन्तराष्ट्रिय किर्तिमान बनाउन सफल भक्तपुरकी खेलाडी गोमा सापकोटालाई सम्मान गरेको हो । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री र ढकालले खेलाडी सापकोटालाई नगद रु ५ हजार र सम्मानपत्र सहित सम्मानित गरे । सो अवसरमा मन्त्री ढकालले पूर्वाधारको अभावमा खेलक्षेत्रको विकाश नहुनेस्थितीको अन्त्य गर्न प्रदेश सरकार लागिरहेको बताए। “बागमती प्रदेश सरकारले खेल र खेलक्षेत्रको विकाशकालागि विभिन्न गतिविधि गरिरहेको छ” मन्त्री ढकालले भने । खेलाडीहरुलाई खेलक्षेत्रमा नै टिक्ने अवस्था बनाउन बागमती प्रदेशको सरकार कार्यक्रमहरु ल्याउने उनको भनाई छ । सो अवसरमा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, नेकपा माओवादी केन्द्र भक्तपुर अध्यक्ष सुनिल बासु, एकिकृत समाजवादीका श्याम बस्नेतलयातले खेल क्षेत्रको विकाश गर्न सबैजना एकजुट हुनु पर्ने बताए।

जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापाले मध्यपुर अस्पताल र खेलकुद विकाश समितिबीच उपचारमा छुट दिनेबारेमा सहमति गरेको बताए । अस्पतालले खेलाडी, प्रशिक्षक, कर्मचारीलाई १० दास २० प्रतिशतसम्म छुट दिन व्यवस्था गरेको जानकारी दिए ।