Friday, October 23, 2026
Home अपराध ४० वर्षीया महिला बलात्कृत, १८ वर्षीय किशोर पक्राउ

४० वर्षीया महिला बलात्कृत, १८ वर्षीय किशोर पक्राउ

51
सांकेतिक तस्विर

गुल्मी । गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन्। ती महिलालाई बलात्कार गरेको अभियोगमा मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

किशोरले ती महिलालाई मालिका गाउँपालिका(६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।