अनेरास्ववियूद्धारा राहत वितरण

830

बैशाख २६,
भक्तपुर । अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटिले बन्दाबन्दी (लकडाउन)मा समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण गरेको छ । विद्यार्थी नेताहरुले विद्यार्थीहरुलाई घरमै पुगेर राहत दिएका छन् । विद्यार्थीहरुलाई मानविय आस्था नेपालको सहयोगमा पनि राहत वितरण गरिएको थियो । अखिलले मानविय आस्था नेपाल सँगको समन्वयमा चामल, दाल, तेल,नुन, चिउरा लगायत खाद्यान्न उपलब्ध गराएको हो ।