Saturday, October 3, 2026
Home अर्थ लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

325

काठमाडौँ । पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८-७९ मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन ।

सो आर्थिक वर्षमा रु ५२ अर्ब चार करोड ९९ लाख ११ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सम्म रु ४९ अर्ब ४३ करोड ६५ लाख ४४ हजार मात्र सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए । उक्त कार्यालयले सोभन्दा अघिल्लो आव २०७७-७८ मा भने ७२ दशमलव ६६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।