करेन्ट लागेर एक जनाको मृत्यु

77

जनकपुरधाम । करेन्ट लागेर सर्लाहीमा एक पुरुषको मृत्यु भएको छ। करेन्ट लागेर जिल्लाको पर्सा गाउँपालिका– ६ का ४५ वर्षीय सुबोध झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शुक्रवार विहान करिब ९ बजेको समयमा आफ्नै घरको पानी तान्ने मोटर जोडने क्रममा करेण्ट लागेर घाइते भएका झालाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।