Saturday, September 19, 2026
Home समाज जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

80
सांकेतिक तस्विर

दाङ । लमही नगरपालिका–६ निवासी ६७ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमही नगरपालिका– ६ निवासी २९ वर्षीय बलबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। परिवारले बुधबारमात्रै प्रहरीमा उजुरी दिएका थिए। जबरजस्ती करणी गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।