Friday, September 18, 2026
Home समाज ११ हजार गाँजाका बोट नष्ट

११ हजार गाँजाका बोट नष्ट

123

सिमकोट । सदरमुकाम सिमकोट क्षेत्रको गाँजाका बोट प्रहरीले नष्ट गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले उक्त गाँजाका बोट नष्ट गरेको हो।

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हुम्लामा गाँजाका बोट धेरै हुने र त्यसलाई प्रहरीले अभियानकै रुपमा नष्ट गर्ने कार्यमा लागेको जानकारी दिए।

उनले प्रहरीले पहिलो र दोस्रो दिनमै ११ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको बताए। जिल्लाभरि जताततै गाँजा हुने र त्यसलाई नष्ट गर्नु आवश्यक देखिएकाले उक्त कार्यमा अब नियमित खटिने उनले बताए। सदरमुुकाम सिमकोटको विमानस्थल क्षेत्रलगायत स्थानमा नियमित अब गाँजा नष्ट गरिनेछ। यस कार्यका लागि १६ जना प्रहरीको टोली खटिएको थियो।

सिमकोटका साथै जिल्लाभरि प्रहरी चौकी र अस्थायी प्रहरी चौकी भएका स्थानमा पनि यो अभियान सुुरु गरिएको छ। आफँै उम्रेका गाँजाको बोट नष्ट गर्न कति समय लाग्छ भन्ने यकिन नगरे पनि त्यसलाई पूर्ण रूपमा नष्ट गरिनेछ।गाँजाको विकृतिबाट समाजलाई रोक्न पनि त्यसका बोट नष्ट गर्ने कार्यमा समुदायलाई पनि सहभागी गराउन आवश्यक रहेको प्रहरीले जनाएको छ। यस कार्यमा सबै सहयोगको अपेक्षा पनि प्रहरीले गरेको छ। यी बोटबाट विशेष गरी युवाले चरेस बनाएर प्रयोग गर्दै आएका छन्।