काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा प्रशोधित पेट्रोलियमको मूल्यमा पनि गिरावट आएको छ । जसका कारण भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । १६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको निगमले जनकारी दिएको छ । घटेको मूल्यपछि पनि निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा निगमको दाबी छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १।२ सेन्टर डलर छ ।