Friday, September 18, 2026
Home स्वास्थ्य देशभर कोरोना संक्रमित हुनेको संख्यामा वृद्धि हुन थाल्यो

देशभर कोरोना संक्रमित हुनेको संख्यामा वृद्धि हुन थाल्यो

47

काठमाडौं । केही दिन अगाडीसम्म सामान्य रहेको कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । पछिल्लो २४ घन्टामा देशभर थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६८ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ८३४ जनाको पिसिआर र १ हजार ८८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ७७० जना सक्रिय संक्रमित छन्।
३७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।