प्रेम राई परिक्षितका एकैसाथ ५ पुस्तक लाेकार्पण

89

काठमाडाैं । कवि,गीतकार, बाल साहित्यकार तथा प्याव्सन काठमाडाैंका अध्यक्ष प्रेम राई परिक्षितका ५ पुस्तक एकैसाथ लाेकार्पण गरिएकाे छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडाैंमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, बरिषठ गीतकार प्रा. डा. कृष्णहरि बराल, बरिष्ठ गीतकार एवं चिकित्सक डा. भोला रिजाल, साहित्यकार प्रा. डा. यज्ञेश्वर निराैला, लगायतले पुस्तक लाेकार्पण गरेका हुन् ।

कार्यक्रममा गीतकार बरालले परिक्षितकाका गीति सङ्ग्रह मेराे गीत मेराे प्रतिविम्वमा वियाेगका भाव मात्र हैन गीतमा मानिस मानिस बन्न नसकेकाे र मानवतावादी गीतहरू रहेकाे बताए । त्यस्तै गीतकार डा. रिजालले परिक्षितका गीत सङ्ग्रहकाे समीक्षा गरेका थिए । कविता कृति माथि कवि विना थिङ र बाल साहित्यका कृतिहरूबारे साहित्यकार अनन्त वाग्ले र शान्ति सापकाेटाले समिक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा साहित्यकार बिन्दु अधिकारी ढकालले सपनाहरूको प्रतिस्पर्धा कृतिबाट कबिता बाचन गर्नु भएको थियो । कुलपति गंगाप्रसाद उप्रेतीले परिक्षितकाे क्षमताकाे प्रशंसा गरे । लेखक परिक्षितले आफ्ना ५ वटै कृति माेबाइलमा टाइप गरेर प्रकाशनमा ल्याएकाे बताए । खाेताङकाे सिम्पानीमा जन्मेका परिक्षित नेपाली साहित्य र शिक्षण पेसामा आवद्ध छन् । यस अघि राईका ३ साहित्यिक कृति प्रकाशित छन् ।

सपना उड्छ माथि माथि, सपनाहरूकाे प्रतिस्पर्धा, रेल यात्रा, मेराे गीत मेराे प्रतिविम्व र दि वन्डरफुल वर्ल्ड’ पुस्तकहरू ईर्टनल प्रकाशन प्रा.लि.ले प्रकाशनमा ल्याएकाे हाे । पब्लिकेसनको तर्फबाट भगवती अधिकारी सेडाइले स्वागत मन्तव्य राख्नु भएको थियो ।
‘सपना उड्छ माथि माथि, रू.१४५/- सपनाहरूकाे प्रतिस्पर्धा कविता सङ्ग्रहकाे रू. ३७५/- ,रेल यात्रा बाल गीत सङ्ग्रह रू. १५५/- , मेराे गीत मेराे प्रतिविम्व (गीत सङ्ग्रह) रू.३५५/- र दि वन्डरफुल वर्ल्ड’ (अंग्रेजी बाल कविता सङ्ग्रह) काे मूल्य रू १७५/- रहेको छ ।