बुढीगंगाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले बढाए अग्रता

63

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले मतान्तर बढाएका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिएका बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउदै लगेका हुन् । ३६४८ मत गणना सकिंदा बानियाँले २१९६ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३९ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का ९कुवँर० ले २१७२ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १२६२ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।
अहिलेसम्म वडानम्बर १, ९ र १० को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने गणना जारी रहेको वडा नम्बर २ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।