हैजा भक्तपुरमा पनि देखियो

289

भक्तपुर । भक्तपुरमा पनि हैजाको संक्रमण पुष्टि भएको छ । गर्मी र वर्षायाममा दुषित पानी र खानाका कारण झाडापखाला, हैजा जस्ता सरुवा रोगको संक्रमण देखा पर्छ । पछिल्लो समयमा उपत्यकाका बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।

उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने पानीका साथे जारको पानीमा समेत हैजाका जिवाणु ईकोलाई र कोलिफर्म भेटिएका छन । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–२ दुवाकोटमा संक्रमित भेटिएको हो ।

भक्तपुरसँगै हेटौंडामा पनि हैजा देखिएको छ । दुवाकोटका संक्रमितको सरुवा रोग अस्पताल टेकु र हेटौंडाका संक्रमितको काठमाण्डौं स्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय हैजा संक्रमितको संख्या २१ पुगेको महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले जानकारी दिएका छन् ।