बजेटपछि सूर्यविनायक नगरपालिकाको पत्रकार सम्मेलन, यस्तो आयो निर्णय

197

भक्तपुर । सूर्यविनायक नगरपालिकाले बजेट कार्यक्रमपछि पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले प्रस्तुत गर्नूभएको प्रेस विज्ञप्ति हेर्नुहोस्

नगरसभाको एघारौ अधिवेशन पश्चात आयोजित पत्रकार भेटघाट कार्यक्रम
-मिति २०७९।०३।१५
सूर्यविनायक नगरपालिकाको नगरसभाको एघारौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा मिति २०७९ असार ९ गते नीति तथा कार्यक्रम एवं २०७९ असार १० गते बजेट तथा कार्यक्रम प्रस्तुत भई पारित समेत भई सकेको छ । अधिवेशनको क्रममा हामीले केही कानूनहरुलाई समयानुकुल संसोधन गरेका छौ । नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा संसोधन गरी बागमती प्रदेश सरकारको स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेश,२०७८ बमोजिम पदनाम संसोधन सहित मिलान गरिएको छ । यसै गरी हामीले नगरपालिकाको निशानाछाप (लोगो)बाट नगरपालिकालाई चिनाउने गरी संसोधन प्रस्ताव समेत पारित गरी लोगो परिवर्तन गरेका छौ । हाम्रा सवै निर्णयहरु सर्वसम्मत भएका छन जसबाट विकास निर्माण र समृद्धिको यात्रामा सूर्यविनायक नगरपालिकाभित्र विगतदेखि रहि आएको मजबूत एकता र सहकार्यकोपरम्पराले निरन्तरता पाउने निश्चित भएको छ ।

अहिलेको युग सूचना र प्रविधिको युग हो यस कुरालाई मध्येनजर गर्दै हामीले नगरसभा बैठकलाई प्रत्यक्ष प्रशारण गरी सवै नगरबासीहरुलाई सुसूचत गरेका छौं । नगरसभाको नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा संचारकर्मीहरुलाई आमन्त्रण गरि नीति कार्यक्रम र बजेटको विवरण उपलब्ध गराई सकेका छौं । आजको यस पत्रकार भेटघाट कार्यक्रम मार्फत सूर्यविनायक नगरपालिकाको आ.व.२०७९।८० को लागि परित नीति, कार्यक्रम र बजेटमा समावेश भएका प्रमुख विषयहरु यहाँ प्रस्तुत गरिएका छन । यस सम्बन्धी विस्तृत विवरण सूर्यविनायक नगरपालिकाको वेभसाईटबाट हेर्न सकिनेछ ।

सूचना सम्प्रेषण लाई व्यवस्थित गर्न नगरपालिका भित्र एक सूचना केन्द्र स्थापना गरी नगर कार्यपालिका र वडा कार्यालयहरुबाट सम्पादित कार्यहरुको विवरण संकलन गरेर प्रत्येक १५ दिनमा नगर प्रवता मार्पmत सूचना सार्वजनिक गर्ने कार्य तत्काल शुरु गरिने व्यहोरा यस कार्यक्रम मार्फत जानकारी गराईन्छ ।

नीति तथा कार्यक्रम प्रमुख प्राथमिकता क्षेत्र
– प्रस्तुत नीति तथा कार्यक्रमले चालू आ.व.सम्मको प्रगतिको संक्षिप्त समीक्षा गरेको छ ।
– कृषि, शिक्षा, पर्यटन, पूर्वाधार ; सूर्यविनायक समृद्धिको मूल आधार भन्ने मर्मलाई ध्यानमा राखि नेपालकै उत्कृष्ठ नगर निर्माणका लागि स्पष्ट रणनीतिक आधार र पक्षलाई ध्यान दिई प्राथमिकता क्षेत्र निर्धारण गरिएको छ ।
-निर्वाचनका क्रममा गरिएको प्रतिवद्धतालाई साकार पार्न २५ वर्षे एकिकृत शहरी विकास योजनाले मार्गनिर्देशन गरे अनुरुप ५ वर्षे आवधिक रणनीतिक योजना तयार गरी सो योजनालाई नगर विकासको मार्गचित्रको रुपमा लिईने प्रतिवद्धता ।
-विद्यालय सुधारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनुका साथै विद्यालयको प्रशासनिक नेतृत्व गर्ने प्रधानध्यापकको नियुक्ती योग्यता र क्षमताको आधारमा गर्ने वस्तुगत प्रणाली निर्माण गरी कार्य सम्पादन करार समेत गरिने छ ।
– यस नगरापालिकाको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटकीय लगायत अन्य सम्पूर्ण विषयवस्तु समेटिएको पाठ्यक्रम सहितको १०० पूर्णाङ्कको पाठ्य पुस्तक आगामी आ.व.देखि सवै विद्यालयहरुमा अनिवार्य गर्ने ।
– नगरपालिकालाई कोभिड १९ पूर्ण खोप नगर घोषणा गरी यहाँका सम्पूर्ण नागरिकहरुलाई कोभिड १९को त्रासबाट मुक्त गराईने
– सूर्यविनायक नगर अस्पताल जगातीलाई विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न अस्पताल बनाई यस नगर क्षेत्रका स्थायी बसोवास गर्ने नागरिकहरुलाई सवै प्रकारका स्वास्थ्य सेवामा १५ प्रतिशत छुट प्रदान गरिने ।
– “नगरबासीलाई स्वास्थ्य बीमामा आवद्धता स्सर्वव्यापीस्वास्थ्यसेवापहुँचकोसुनिश्चितता”नागरिकहरुको स्वास्थ्य सुरक्षाको जोखिमलाई व्यवस्थापन गर्न स्वास्थ वीमा कार्यक्रममा लाग्ने वीमा प्रिमियम शुल्कमा रु. १००० छुट को व्यवस्था आगामी आ.व. मा समेत निरन्तर रहनेछ ।
– सूर्यविनायक नगरपालिका भित्र स्थायी बसोवास गर्ने १६ वर्ष मुनिमा क्यान्सर पिडित विरामीको उपचारमा विशेष आर्थिक सहायता कार्यक्रमलाई निरन्तरता दिईएको ।
– ५० प्रतिशत अनुदानमा कृषि तथा पशुपालन क्षेत्रको विकासको लागि नगदे बाली, आय आर्जन उन्मुख खेती र पशुपालनलाई प्राथमिकता दिईएको ।
-पुरातात्विक सम्पदा, धार्मिक र प्राकृतिक पर्यटनको विकासका लागि कोषको व्यवस्था गरी दिगो व्यवस्थापन गरिने ।
-विपद पूर्व तयारी र प्रतिकार्यका लागि विपद व्यवस्थापन कोषमा चालू आ.व.को तुलनामा दोब्बर रकम विनियोजन गरी सो कोषमा अन्य सहयोगी निकायलाई समेत समावेस गरी प्रभावकारी कार्यान्वयन गर्ने ।
– भवन निर्माण अनुमतिलाई प्रविधिसंग जोडदै विद्युतीय घर नक्सा प्रणाली कार्यान्वयनमा ल्याईने
– हनुमन्ते करिडोर निर्माण र नयाँ शहर आयोजनालाई शिघ्र कार्यान्वयनको लागि आवश्यक पहल गर्ने
– नगर प्रमुख उज्यालो कार्यक्रममा जनताको व्यापक समर्थन रहेको सन्दर्भमा आगामी आ.व.मा थप २००० भन्दा वढी सडक वत्ति जडान गरिने ।
-नगर क्षेत्रमा भएका खानेपानी उपभोक्ता समितिहरुलाई सूर्यविनायक नगरपालिकाको जलस्रोत ऐन २०७७ को प्रावधान बमोजिम दायरामा ल्याई एक घर एक धारा अभियान संचालन गरिने ।
– फोहर मैला व्यवस्थापनमा नीजि क्षेत्रको सहभागिता अझै वृद्धि गरी स्रोतमा नै फोहरको व्यवस्थापन प्रणाली विकास गर्ने ।
– आगामी आ.व.भित्र कम्तिमा २ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने ।
-राजस्व प्रशासनलाई प्रविधि मैत्री बनाई राजस्वको दायरा फराकिलो बनाउन वहाल आय स्वयं घोषणा एवं व्यसाय दर्ता अभियान संचालन गरिने छ ।
-कर्मचारी प्रशासनलाई चुस्त र सेवाग्राहीमैत्री बनाउन प्रदेश सरकारबाट जारी भएको स्थानीय सेवा ( तथा संचालन) अध्यादेश, २०७८ प्रावधान बमोजिम संगठन संरचना र पदनाम मिलान गरिने छ ।
– फोहर व्यवस्थापनका लागि फोहरको वर्गिकरण घर घरमा नै गर्ने तथा यसको दिगो समाधानको लगि सरसफाई रणनीतिक योजना २०७६ बमोजिमका कार्यहरु संचालन गर्ने ।
-मर्मत सम्भार कोषमा रकम विजियोजन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरु समाबेस एक मर्मत सम्भार टोली निर्माण गरी सडकहरुमा तत्काल मर्मत सम्भारको व्यवस्था मिलाईने ।
– पूर्वाधार तर्पm समृद्ध सूर्यविनायक नगर निर्माणका लागि गत विगत देखि संचालन भई सम्पन्न हुन बाँकी आयोजनाहरुलाई समाप्त गर्ने नीति लिईएको छ ।
-न्यायीक समितिको भूमिकालाई थप प्रभावकारी वनाउन संस्थागत सयन्त्र र कार्यगत व्यवस्था मिलाउने ।
-समृद्ध, सुन्दर र स्वस्थ सूर्यविनायक नगर पालिका निर्माण तर्फ संयुक्त प्रयास गर्ने ।

सूर्यविनायक नगरपालिकाको आ.व.२०७९।८० को बजेट तथा कार्यक्रम प्रमुख झलकहरु
– नगर प्रमुख श्री बासुदेव थापाबाट मिति २०७९ साल असार ९ गते प्रस्तुत भई स्वीकृत भएको वार्षिक नीति तथा कार्यक्रमका व्यवस्थाहरुलाई बजेटले पछयाउदै सवै शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
– आ.व.२०७९।८० को लागि कुल १ अरव ९२ करोड १८ लाख ७७ हजार विनियोजन जसमा पूंजीगत तर्फ रु.९९ करोड ४३ लाख ५८ हजार चालू तर्फबाट७६ करोड ७५ लाख १९ हजार सामाजिक सुरक्षा तर्फ रु.१६ करोड विनियोजन
ड्ड पूंजीगत तर्फ ५२ प्रतिशत चालू तर्फ ४० प्रतिशत र सामाजिक सुरक्षा तर्फ ८ प्रतिशत हुन आउछ ।
– कुल बजेटमा नगरपालिकाको आन्तरिक आयको हिस्सा करिब ४५ प्रतिशत रहेको छ भने संघको ४७.५ प्रतिशत, प्रदेशको ६.५ र जिसस १ प्रतिशत योगदान रहेको छ ।

बजेटका क्षेत्रगत वितरण देहाय अनुसार रहेको देखिन्छ ।
-पूर्वाधार विकास ५२ करोड ५० लाख ४५ हजार
-मर्मत संभार कोष २ करोड ५० लाख
– भवन निर्माण १० करोड ८० लाख
– लागत सहभागिता ६ करोड
– सम्पूरक योजना १० करोड
– क्रमागत योजना ५ करोड ५० लाख
-शिक्षा तथा खेलकुद २२ करोड २५ लाख
– स्वास्थ्य अस्पताल समेत १२ करोड ३१ लाख ८ हजार
-कृषि तथा पशुपंक्षि विकास कार्यक्रम ३ करोड २४ लाख ७९ हजार
– महिला, बालबालिका, विपन्न,अपागं र जेष्ठ नागरिक ३ करोड १५ लाख
– वन वातावरण तथा विपद व्यवस्थापन (कोषको रकम सहित) ३ करोड ५७ लाख
– सहकारी सम्बद्ध कार्यक्रम ३१ लाख
-रोजगार सेवा केन्द्र ७५ लाख
– न्यायिक समिति ३० लाख
– स्वरोगार कोष २ करोड

– सामाजिक सुरक्षा, प्रशासनिक खर्च, उद्यमशिलता विकास, पर्यटन, उर्जा विकास, सास्कृति लगायत विभिन्न लक्षित र क्षेत्रगत कार्यक्रम ६८ करोड ७१ लाख ४५ हजार

 बजेट प्रणालीको नीति तथा सिद्धान्त अनुसार आ.व.२०७७।७८ को यर्थात चालू आ.व.को संसोधन सहितको व्यवस्था र आगामी आ.व.को प्रक्षेपणलाई व्यवस्थित रुपमा चित्रण गरिएको छ ।

-स्वास्थ्य बीमा प्रिमियममा रु.१००० अनुदानको व्यवस्थालाई निरन्तरता
-नागरिकको स्वास्थ्य विशेष प्राथमिकता दिई स्वास्थ्य क्षेत्रको लागि मात्र १२ करोड ३१ लाख विनियोजन गरिएको छ
-कृषि तथा पशुपालनमा ५० प्रतिशत लागत सहभागिता र अन्य कृषि तथा पशुपालन क्षेत्रमा ३ करोड ७९ लाख विनियोजन ।
-कृषि र उद्यमशिलता विकासका लागि नगर स्वरोजगार कोषमा रु.२ करोड विनियोजन गरिएको , उद्यम व्यवसायलाई प्रर्वधन गर्न उद्यमी सम्मेलन आयोजना हुने ।
-फोहर मैला व्यवस्थापनका लागि नीजि क्षेत्रसंग सहकार्य गरिने, भवन निर्माण सम्पन्न गर्ने घरलाई नपाको तर्फबाट एक थान कम्पोष्ट वीन उपलब्ध गराईने छ ।
– प्रत्येक घरलाई घर नम्बर प्रदान गरिने छ ।
– उज्यालो नगर अभियानलाई निरन्तरता दिन १ करोड बजेट विनियोजन ।
– पूर्वाधार तथा भौतिक संरचनाको मर्मत संरचनाका लागि रु.२ करोड ।
– सम्पूरक कोषमा रु.१० करोड ।
-जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि विगतको तुलमामा दोव्वर रकम रु.२ करोड विनियोजन गरिएको छ ।
– जेष्ठ नागरिक मेयर सम्मान कार्यक्रमलाई निरन्तरा दिईने छ ।
– कक्षा १२ पछि उच्च शिक्षा अध्ययन सम्बन्धी करियर काउन्सलिंग र लोक सेवा आयोग तयारी कक्षा संचालनका लागि बजेट विनियोजन ।
-आवश्यक सवै स्थानहरुमा सी सी टिभि जडानको लागि बजेट विनियोजन ।
-न्यायीक समिति र मेलमिलाप केन्द्रको क्षमता विकासका लागि बजेट विनियोजन ।
– नागरिक मैत्री सेवा प्रवाहका लागि अफिस अटोमेशनको व्यवस्था ।
– नगरपालिका भित्रका सहकारी, शिक्षण सस्था, स्वास्थ्य लगायत अन्य विभिन्न संघ संस्थाको तथ्यांक यकिन गर्न नगर डाटा बैंक स्थापनाको लागि बजेट विनियोजन।
– नागरिक समक्ष सूचना व्यवस्थापनको लागि नगर पालिकामा नगर सूचना केन्द्रको व्यवस्थापन
– नगद लागत साझेदारीको लागि ६ करोड विनियोजन ।
– संघीय ऐन र नयाँ क्षेत्र बाहेक राजस्वका दरहरुलाई यथावत राखिएको छ ।
– कवाडी व्यवसायलाई राजस्वको दायरमा ल्याई कर संकलनका लागि सूचना प्रकाशित गरिने ।
– राजस्व संकलनमा नगर प्रहरी परिचालन गरिने ।
– घरवहाल स्वयं घोषणा र व्यवसायदर्ता अभियान संचालन गरिने छ ।