भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँकि धर्मपत्नी शोभा प्रधान (बिजुक्छे)को उपचारका क्रममा असार ८ गते अपराह्नमा ललिलतपुरको एक अस्पतालमा निधन भयो । लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत प्रधानको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय प्रधानको नेमकिपाका अध्यक्ष बिजुक्छेंसँग २०४० मा विवाह भएको थियो । उहाँहरुका दुई छोरा हुनुहुन्छ । शोक रहनु भएका बिजुक्छेँ र उहाँको परिवारलाई भेटन् विभिन्न राजनितिक दलका नेताहरु मात्रै होइन सर्बसाधरणहरु समेत आइरहेका छन् ।
को-को आए भेट्न तस्विरमा हेरौं
–नेपाल पत्रकार महासंघको टोली ।
-उत्तर कोरियाको टोली ।
-नेपाली कांग्रेसको टोली ।
-एमालेका नेता विष्णु पौडेल ।
-भक्तपुरका स्थानीयको टोली ।
-श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल ।
नेता चित्रबहादुर के.सी लगायतको टोली ।
-नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल ।
-उत्तर कोरियका राजदूत श्रद्धाञ्जली दिदैं ।
-नेपाली काग्रेसका नेता प्रकाशमान सिंह ।
-स्थानीयहरुसंग नेता बिजुक्छेँ ।
तस्विरः नेमकिपाका भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईको सामाजिक संजालबाट