Saturday, September 26, 2026
Home समाचार सामाखुसीमा माइक्रो बसले ठक्कर दिँदा एकको मृत्यु,

सामाखुसीमा माइक्रो बसले ठक्कर दिँदा एकको मृत्यु,

121

काठमाडौं, पुस २३ राजधानीको सामाखुसीस्थित जेब्रा क्रसमा माइक्रो बसले सोमबार मध्यान्ह ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा१ज ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा धुम्बाराहीकी सीता दाहालको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ। ठक्करबाट अन्य चार जना घाइते छन् । खोटाङकी सपना राई, कोटेश्वरका सुशील अधिकारी, सरिता अधिकारी, धुम्बाराहीकी लक्ष्मी सापकोटा घाइते छन्।

घाइतेमध्ये सापकोटाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।अन्य घाइतेको सामाखुसीस्थित अल नेपाल अस्पतालमा उपचार भइरहेको बृत्तका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले बताए।चालक र माइक्रोलाई नियन्त्रणमा लिइएको उनले बताए।-सेतोपाटी