२४ जनामा कलेरा भाइरस पुष्टि

105

काठमाडौँ । अहिलेसम्म २४ जनामा कलेरा भाइरस पुष्टि भइसकेको भनिएको छ । टेकुमा टेस्ट गर्दा कलेरा पुष्टि भएको थियो । यो रोग संक्रामक भएकाले पनि धेरै जोखिमपूर्ण मानिएको छ । काठमाडौँ जस्तो धेरै जनसंख्या भएको ठाउँ र प्रदूषित पानी हुनाले फैलिने सम्भावना धेरै रहेको छ ।

गर्मी महिनासँगै वर्षायाम पनि सुरु भएको छ । अब वर्षायाममा विभिन्न खालका समस्या देखिने गरेको छन् । अहिलेको समयमा विशेषत झाडापखाला धेरै लाग्ने गरेको छ । पेट दुख्ने, पातलो दिसा लाग्ने, डिहाइड्रेसन हुने समस्या बढिरहेका छन् । साथै मौसमी रुघाखोकी, ग्याष्ट्रिटाइटिसका बिरामी पनि बढेका छन् ।

यो फैलिने भनेकै दुषित पानी र खानाकै कारणले हो । धारामा आउने पानीको स्रोत फोहोर छ भने धेरै मानिसमा एकैपटक संक्रमण देखिने गर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो रोग खानेकुरा र दिसाको माध्यमबाट पनि सर्ने हुन्छ । अहिले देखेका बिरामी वाग बजारका रहेका छन् । वाग बजारको पानी जाँच गर्दा इकोलाई र कोलिफर्म ब्याक्टेरीया देखिएको छ ।

इकोलाई पिसाब र दिसामा संक्रमण गर्ने किटाणु हो । तर, कोलिफर्म खासै रोग उत्पन्न गराउने किटाणु भने होइन । यी दुई किटाणु देखिएका ठाउँमा कलेराको किटाणु हुने सम्भावना भएकाले धारामा आउने पानीको स्रोत परीक्षण गरेर सर्तक रहनुपर्छ । रेष्टेुरेन्टमा जाँदा खानेकुरामा हामीले आइस युज गर्छौ । पानी फोहोर छ भने यसबाट पनि सर्ने गर्छ । विभिन्न काँचो खानेकुरा, फलफुल हामीले पानीले पखालेर खाँदा पानी दूषित छ भने रोग फैलिने सम्भावना बढी हुन्छ ।