Wednesday, September 23, 2026
Home समाचार १९ तोला सुन चोरी

१९ तोला सुन चोरी

59

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन्। स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
मिश्रको परिवार असार ६ गते बिबाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका थिए। सोही बेला घरमा भएका गहना, ल्यापटप र मोबाइल चोरी भएको हो।घरको ताल्चा फुटाएर चोरी गर्ने समूहको खोजी भइरहेको महोत्तरी प्रहरीले बताएको छ।