काठमाडौँ । फिफाले कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने देशको राष्ट्रिय टोलीमा २६ जना खेलाडी रहन पाउने निर्णय गरेको छ। कोरोनाभाइरस महामारी सुरु हुनुअघि राष्ट्रिय टोलीमा २३ सदस्य हुने गर्थे। देशभित्र भएका प्रतियोगिताहरूसँग अनुकूल हुनेगरी फिफाले अहिले राष्ट्रिय टोलीमा समाविष्ट हुने खेलाडीको सङ्ख्या बढाउन दिएको हो।फिफाका अनुसार अब एउटा खेलमा १५ जना वैकल्पिक खेलाडी राख्न पाइनेछ। यसको अर्थ टोलीमा समाविष्ट सबै खेलाडीले खेल्न पाउन सक्छन्।
– विश्वकप फुटबल कहिलेदेखि र कतारमा किन आयोजना गर्दैछ
– विश्वकप २०२६ तीन देशले आयोजना गर्ने फुटबल विश्वकप २०२२ मा कुन देशले कुन दिन खेल्दै छन्
– इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले त्यस्तो प्रबन्ध मिलाउनुपर्ने माग गर्दै आएका थिए।
“सबै खेलाडी सबै खेलका लागि उपलब्ध हुनुपर्छ भन्ने मलाई लाग्छ,” उनले गत एप्रिलमा भनेका थिए।
“यदि टोली ठूलो हुने हो भने त्यस अवस्थामा कुनै खेलमा सबै जना फेरिन सक्ने हुनुपर्छ, ” उनको भनाइ थियो।
यसपालि विश्वकप फुटबलमा ३२ देश सहभागी हुँदै छन्। आगामी अक्टोबर २० सम्म तिनले आफ्नो टोलीबारे निर्णय गरिसक्नुपर्नेछ। त्यसको ठिक ३० दिनपछि सेनिगल र द नेदरल्यान्ड्सबीच अल तुमामा रङ्गशालामा पहिलो खेल हुनेछ।फिफाले खेल हुँदा बेन्चमा १५ अतिरिक्त खेलाडी र ११ टोलीका अधिकारीसहित २६ जनाभन्दा बढीलाई बस्न नदिइने जनाएको छ। टोलीका अधिकारीमध्ये एक जना चिकित्सक हुनैपर्नेछ।














